बाबाको सिको गर्दै टेनिसमा छिरेका-‘दर्शिल’

वर्ष उदियमान खेलाडी

पोखरा स्पोर्टस । उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नबिन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानहरुमा पुगिरहेका हुन्छन् ।

५/६ वर्ष उमेर देखिनै टेनिसको र्‍याकेट समाउन प्रशिक्षक शक्ति शर्माबाट समाउन सुरु गरेका थिए । दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । ललितपुरमा  भएको ११ औं लिटिल एन्जल्स् कपमा सहभागीता जनाएका उनले उपाधि जित्न त सकेनन् तर उनले व्रोञ्ज मेडल जिते । सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा भएको टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस टुर्नामेण्टमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटिआई ग्राण्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।

२०७८ साल अर्थात २०२१ भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढि उपाधी र उपलब्धी उनले २०७८ मा पाएका छन् । सोही वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो वर्ष २०७८ मा दर्शिलले विभिन्न स्थानमा भएका यू–१२ टेनिसमा ६ वटा गोल्ड मेडल जितेका छन् भने एटिएफ जुनियरतर्फ काठमाण्डौमा सम्पन्न प्रतियोगितामा सिंगल्समा रजत र कास्य तथा डवल्समा दुई वटा रजत जितेका छन् । यो नै उनको अहिलेसम्मको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धी हो । उनी सहितको नेपाल टिम आइटिएफ एसियन यू १२ मा तेस्रो भएको थियो । यस्तै मिडकोर्ट एसियन फेडेरेसन च्याम्पियनसिपमा छैटौं स्थानमा रहे । यस्तै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍बाट सुरु गरेका उनी जुनियरतर्फ यू १४ मा ६५ औं र्‍याकिङमा छन् ।

भुपु खेलाडी मञ्चले राईजिङ प्लेयरका रुपमा सम्मान गर्‍यो । विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङबाट ६५ औं स्थानमा पुगे । यस्तै बिर गणेशमान सिंह नेशनल टुर्नामेन्ट पुरुष तर्फ सिंगलमा विजयी र डबलमा उपविजेता बने । एसियन यू–१४ टेनिसमा एक खेलमा द्वितिय र एक खेलमा तृतिय तथा डवल्सतर्फका दुई खेलमा दुवैमा द्वितिय बने । आगामी दिनमा टेनिससँगै पढाईलाई अगाढि बढाउने सोंचमा छन्, उनी ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदियमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने गर्दछ ।

पोखरा सभागृह हलमा आयोजना हुने पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्र्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरीता गुरुङ, जापानबाट मोहन घले, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close