पोखरा स्पोर्टस् अवार्डलाई नेपाल भूतपुर्व खेलाडी मञ्चको सहयोग

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’ लाई सहयोग गर्ने भएको छ ।

यहि असार १८ गते हुने अवार्ड सफल बनाउन मञ्चले नगद ५० हजार सहयोग गर्ने भएको हो । अवार्ड अन्तर्गत प्रदान गरिने ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ वापत भूततपूर्व खेलाडी मञ्चले सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दिननाथ बरालले बताए ।

सो बारेको सम्झौतामा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली र मञ्चका अध्यक्ष बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्तान्तरणमा मञ्चका अध्यक्ष पराजुलीले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड अन्तर्गत अग्रज खेलाडीहरुको सम्मानमा प्रदान गरिने लाइफ टाइम एचिभ्मेन्ट अवार्डका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने–“हामी पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको तयारीमा समेत छौं खेलकुद पत्रकार र भूतपुर्व खेलाडी मञ्च बिच भएको सहकार्यले म्याराथन सफल बनाउन भूमिका खेल्ने छ ।”

यसै गरी खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले मञ्चले गरेको सहयोगका लागि आभार व्यक्त गर्दै यो सहकार्यले अवार्ड कार्यक्रम सफल बनाउन ठूलो सहयोग पुगेको बताए । उनले अवार्ड सफल बनाउन देश विदेश लगायत विभिन्न संघ संस्थाबाट सहयोग आउने क्रम जारी रहेको र १८ गते हुने अवार्ड विशेष समारोहका विच सम्पन्न हुने उनले जानकारी दिए ।

सम्झौता आदन–प्रदान अवसरमा मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, मञ्चका पूर्व अध्यक्ष केशव पाठकसमेतको सहभागिता रहेको थियो ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने अग्रज खेलाडीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष बरालले बताए ।

पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सहारा क्लब पोखरा, तमु धिं युके, होटल पौवा लेकसाइड, जुजु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट लगायतले सहयोग गरेका छन् भने विदेशबाट समेत सहयोग आउने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close