
पोखरा स्पोर्टस । ‘छैटौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज हुने भनिएको फाइनल खेल स्थगित भएको छ ।
हेमजा युनाइटेड द्वारा आयोजित उक्त प्रतियोगिता क्लवका एक शुभचिन्तको मृत्यु भए पछि शनिवार हुने फाइनल खेल स्थगित भएको हो । हेमजा युनाईटेडको स्थापना कालदेखी क्लवलाई सहयोग गर्दै आएका अरविन कुँवरको दुर्घटनामा परि असमायिक निधन भए पछि खेल स्थगित गरिएको हेमजा युनाईटेडका अध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् ।
अध्यक्ष कुँवरले एक प्रेस विज्ञप्तीमार्फत शनिबार हुने भनिएको फाइनल खेल स्थगित भएको बताउँदै क्लवका शुभचिन्तक अरविनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रतियोगिताको फाइनल खेल असार १२ गते आइतवार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आयोजक हेमजा युनाइटेड र क्यामरुनी क्लव एभिनियरका विच हुने तय भइ सकेको छ ।
