खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा मनोज खड्का

पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघ (नेकोस) स्याङ्जाको अध्यक्षमा मनोज खड्का निर्वाचित भएका छन् । शुक्रबार स्याङ्जामा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मनोजको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले सम्झना थापा र सालिकराम न्यौपानेलाई उपाध्यक्ष चयन गर्‍यो भने राजु ख्याम काफ्ले सचिव चुनिए । त्यसैगरी सहसचिवमा विमल परियार तथा कोषाध्यक्षमा चन्द्रकान्त पौडेल निर्वाचित भए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे पारसको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनलाई एमाले प्रदेश कमिटी सदस्य सुधीर पौडेल तथा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपाने, महासंघ केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज मोहन गुरुङ र राष्ट्रिय परिषद सदस्य अंक घर्ती मगर लगायतले सम्बोधन गरेका थिए ।

नव निर्वाचित कमिटीलाई महासंघका स्थायी कमिटी सदस्य कपिल न्यौपानेले पद तथा गोपनियताको सपथ गराएका थिए । सम्बोधनकै क्रममा न्यौपानेले आगामी मङ्सिर १४ गते महासंघको स्थापना दिवसका अवसरमा देशव्यापी खेलकुद महोत्सव गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close