पोखरामा आर्चरी खेलाडीले मनाए ओलम्पिक दिवस

पोखरा स्पोर्टस । पोखरामा रहेर एसियाली खेलकुदको तयारीमा रहेका आर्चरी खेलाडीहरुले ओलम्पिक दिवस मनाएका छन् ।

पोखरा रंगशलामा आयोजित एक कार्यक्रममा उनीहरुले मैत्रीपूर्ण प्रतिष्पर्धा गरेर दिवस मनाएका हुन् । नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष बसन्त थकालीका अनुसार चिनमा हुने १९ औं एसियाली खेलकुदका लागि पोखरामा विष्णुमायाँ लिम्वु, रश्मी दर्लामी र मोनिका राना मगरले प्रशिक्षण गरिरहेका छन् । स्वयंसेवी प्रशिक्षक समेत रहेका थकालीले हाल काठमाडौं ९ र पोखरामा ३ जना गरी कूल १२ जना पहिलो चरणको प्रशिक्षणमा व्यस्त रहेका छन् ।

पोखरामा रहेर एसियाली खेलकुदको तयारीमा रहेका विष्णुमायाँ, रश्मी र मोनिका

उक्त मैत्रीपूर्ण आर्चरी प्रतियोगितामा राष्ट्रिय खेलाडी अशिम सेरचन, सुविन गौचन, योगेन्द्र शेरचन, रोजिना थापा लगायतका खेलाडीहरुले समेत सहभागिता जनाएका थिए ।

सो अवसरमा स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, वरिष्ठ प्रशिक्षक किशोर कमार गुरुङ, अन्नपूर्ण आर्चरी क्लवका अध्यक्ष बसन्त गौचनले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close