
पोखरा स्पोर्टस । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषदमा भेट वार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले त्यसका लागि आफु सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुवात गर्ने बताए ।
कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, विभागिय प्रमुख मधुसुदन बस्नेत र तालिमा तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.कलगायतको उपस्थिती रहेको थियो ।
