सहारा क्लबले स्पोर्टस् अवार्डलाई सघाउने

पोखरा स्पोर्टस् । सहारा क्लब पोखराले छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ लाई सघाउने भएको छ ।

बिहिबार सहारा क्लब पोखराका अध्यक्ष हरीराम गुरुङ ‘सुरज’ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालबिच सम्झौता आदान प्रदान भयो । सम्झौता अनुसार सहाराले पोखरा स्पोर्टस् अवार्ड अन्र्तगत उदीयमान खेलाडीको पुरस्कार प्रायोजन गर्ने भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । उदीयमान खेलाडीको पुरस्कार नगद ३५ हजार रुपैयाँ रहेको छ ।

यसैबिच सहारा क्लब पोखरा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका बिचमा ओलम्पिक दिवसको अवसर पारेर बिहिबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता समेत आयोजना गरियो । सहारा फुटवल एकेडेमी दोविल्लामा आयोजना भएको प्रतियोगीता १–१ को बराबरीमा सम्पन्न भयो । खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको तर्फबाट टिम क्याप्टेन सुरज श्रेष्ठ र सहारा क्लबको तर्फबाट राजु हमालले गोल गरेका थिए ।यस अघि एन्फा कास्कीका अध्यक्ष उज्वल रन्जितले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेको प्रतियोगीतामा ओलम्पिक दिवसको बारेमा स्पोटर्स फर अल कमिटि गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले प्रकाश पारेका थिए । ओलम्पिक दिवस २३ जुनमा विभिन्न कार्यक्रमको आयोजना गरेर विश्वभर मनाइन्छ ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर असार १८ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव पौडेलले बताए । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close