‘ओलम्पिकको सपना पुरा गर्न दिर्घकालिन निति आवश्यक’– एनओसी अध्यक्ष श्रेष्ठ

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले नेपाली खेलाडीहरुलाई ओलम्पिकको सपना पुरा गराउन अल्पकालिन, मध्यकालिन र दिर्घकालिन निति आवश्यक हुने कुरामा जोड दिएका छन् ।

नेपाली ओलम्पियनहरुको छाता संस्था नेपाल ओलम्पियन एसोसियसनले मंगालबार ओलम्पिक डे २०२२ को सन्दर्भमा पूर्नमिलन कार्यक्रममा आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरामा जोड दिएका हुन् । उनले भने–“ओलम्पियन हुनका लागि हरेक खेलाडीको सपना हुन्छ । तर त्योे शिखरमा पुग्न सबैले सक्दैनन् । सबै खेलाडीले त्यो अवसर प्राप्त पनि सक्दैनन् तर हामीले निति निर्माणमा जोड दियौं भने त्यो सम्भव छ ।”

नेपालमा यति बेला ८४ जना ओलम्पियनहरु रहेको उल्लेख गर्दै उनीहरुलाई बधाई समेत दिंदै भने–“यहाँहरु भाग्यमानी हुनुहुन्छ । म यहाँहरु सबैलाई बधाई दिन चाहन्छु ।” आधुनिक ओलम्पिकको उदय संगै विश्वका २०७ वटा देशमा ओलम्पिक डे मनाइँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिक डे भव्य रुपमा सम्पन्न गर्नेमा विश्वमा नै नेपालको नाम अग्र पंक्तिमा आएको बताउँदै खुसी व्यक्त गरे ।

“नेपाली समाजले पछिल्ला दिनमा जसरी खेलकुदलाई अंगालेको छ त्यसले नेपाली खेलकुदको महत्वलाई माथी उठाएको छ त्यही कारणले पनि अहिले खेलकुदलगायत हरेक क्षेत्रमा यसको महत्व बढ्दै गएको छ ।” उनले भने–“ओलम्पिकका तिन वटा मुल्य मान्यतालाई नेपाली समाजमा आत्मसात गराउँदै उक्त कार्य सफल बनाउन नेपाल ओलम्पिक कमिटि त्यो अभियान सफल बनाउन अघि बढेको छ ।”

नेपाली ओलम्पिक अभियानलाई हामीले पदक जित्ने लक्ष्यका साथ खघि बढ्न आवश्यक रहेको औल्याउँदै अध्यक्ष श्रेष्ठले आफू सदस्य सचिव भएको बेलाको कुरालाई स्मरण गर्दै उनले भने–“हामीले त्यही लक्ष्य प्राप्तीका लागि भिजन २०२० को नारा दिएर अघि समेत बढेका थियौै ।” “सहभागिता मात्रै होइन अव पदकको यात्रा थाल्नु पर्छ । यो सरकारी तवरबाट मात्रै सम्भव छैन । यसमा सिङ्गो समाजको सहयोगको आवश्यक्ता पर्ने भएकोले खेलकुद प्रतिको धारणामा परिवर्तन गर्ने दिशामा हामी अघि वढ्नु पर्छ ।”

नेपाली खेलकुद स्थिरता र समन्वय रुपमा अघि बढेको अल्पकालिन मध्यकालिन र दिर्घकालिन नितिका साथ अघि बढ्नु पर्ने कुरामा जोड दिंदै अध्यक्ष श्रेष्ठले साग होस वा एसियन खेलकुद अवको सहभागिता सहभागिताका लागि मात्रै नभएर उपलव्धि मुलक हुन आवश्यक रहने कुरामा जोड दिए । उनले त्यही अभियानलाई सार्थकता प्रदान गर्न नेपाल ओलम्पिक कमिटी अघि बढेको उल्लेख गरे ।

कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री महेश्वर जङ् गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अभिनेता राजेश हमाल लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल ओलम्पियन एसोसियसनले १८ जना ओलम्पियनहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रम एसोसियसनका अध्यक्ष ओलम्पियन दिपक विष्टको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close