
पोखरा स्पोर्टस । नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का निर्वाचित भएका छन् ।
काठमाण्डौमा मंगलबार पार्क भिलेजमा सम्पन्न एन्फाको २१ औं साधारण सभा तथा केन्द्रिय निर्वाचनले आगामी चार वर्षका लागि वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित भएका हुन् । कुल खसेको ८४ मतमा खड्काले ४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी शिक्षित पराजुलीले ४० मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित खड्का र पराजित पराजुली यस अघि कर्मा छिरिङ शेर्पा नेतृत्वमा उपाध्यक्ष थिए ।
यसै गरी एन्फाको चार उपाध्यक्षमा दावा लामा, दिर्घ बहादुर केसी, विराटजङ्ग शाही, दिपक खतिवडा निर्वाचित भएका छन् । विजयी हुने चार उपाध्यक्ष मध्ये केसी शेर्पा प्यानलका हुन् । मत परिणाम अनुसार लामाले सर्वाधिक ४८ मत प्राप्त गरे भने विराट जङ्गले ४७, खतिवडाले ४७ र केसीले ४३ मत प्राप्त गरे ।
उपाध्यक्षमा पराजित भएका उम्मेदवार मध्ये उपेन्द्रमान सिंह ३७, रत्नकुमार श्रेष्ठ ३६, विज्ञानराज शर्माले ३७, सुन्दर नरसिंह जोशीले ४१ मत प्राप्त गरे ।
