पोखरा, २९ फागुन । त्रिकोणले तेश्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको खेलमा त्रिकोणले ग्लोरीलाई १०९–९६ ले पराजित ग¥यो ।

अन्य खेलमा डाँफेले न्यु इङलिसलाई १३९–१०५ तथा नजरेथले एकता जेम्सलाई १९५–७० ले हराए । तीन दिने प्रतियोगितामा २० टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले उद्घाटन गरेका थिए ।
