
पोखरा स्पोर्टस । छैटौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा खुमलटार युवा क्लब विजयी भएको छ ।

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा जारी तेस्रो क्वाटर फाइनलमा खुमलटार युवा क्लब क्लबले बागमती युवा क्लबलाई २–० ले हराउँदै विजयी भएको हो । यो जितसँगै खुमलटार युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खुमलटारको जितमा खेलको दोश्रो मिनेटमानै आशिष श्रेष्ठले गोल गरे भने त्यस्तै खेलको २८ औं मिनेटमा आशिष सुनामले टिमका लागि दोश्रो गोल थपे । उक्त खेलमा आशिष सुनाम म्यान अफ दि म्याच समेत चुनिए । उनले नगद ५ हजार हात पारे ।
बागमती राम्रो टिम हो : प्रशिक्षक विष्णु गुरुङ खुमलटार
खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए । उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ गोलको स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामीत्यसलाई सुधार गरेर लैजान्छौँ ।’
खुमलटारले फाइनल प्रवेशका लागि आयोजक हेम्जा युनाइटेड संग खेल्दै छ । प्रशिक्षक गुरुङले आफुहरुको टिममा केहि नयाँ खेलाडी समेत आउने जानकारी दिए ।
जति राम्रो खेलेपनि जितका लागि नतिजा चाहिन्छ : रोजित केसी प्रशिक्षक बागमती
बागमती प्रदेशका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्सनबाट आफु निकै सन्तुष्टि रहेको बताए । उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । मोफसले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।
प्रतियोगिता अन्तरगत असार ७ गते विदेशी क्यामरुनको फुटबल क्लब डाउला र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवबीच हुने आयोजकले जानकारी दिएको छ । हेमजा युनाइटेडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
