
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अवकास पाएका कर्मचारीहरुलाई विदाई गरेको छ ।
राखेप तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको हो ।

उमेरहदका कारण राखेपबाट अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहेका छन् ।
उनीहरुलाई विभागका निर्देशक अर्जुन बि.क.,उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा–पत्र, टिका तथा खादा लगाएर बिदाई गरेका छन् । यस्तै विभागका अन्य बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर विदाई गरे ।
कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.कले अवकास प्राप्त प्रशिक्षकहरुलाई सरकारी प्रावधान अनुसार उमेर हदले अवकास प्राप्त भए पनि राज्यका लागि उहाँहरुको बिज्ञता र ज्ञानको अझै आवश्यकता रहेको औंल्याए ।
