खेल संघहरु भन्छन्– अवार्ड वितरण पारदर्शी बनाउ !

पोखरा स्पोर्टस । कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता संगै अवार्ड पारदर्शी बनाउनु पर्नेमा जोड दिएका छन् ।

अवार्ड कार्यक्रमको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरें । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्ने बताए । कास्की जिल्ला कबड्डी संघका अध्यक्ष समेत रहेका उनले अवार्ड कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाए ।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारले खेल संघबिच समन्वयको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गरें । अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । के कारणले अवार्ड पाए भन्ने जिज्ञाशा सबैको हुने भएकोले यो जिज्ञाशा मेटिनेगरी प्रतिभा छनोट गर्न सुझाए ।

कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड र पुरस्कारहरु निश्पक्ष नहुने भएपनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गरें । उनले हरेक तीन–तीन महिनामा अन्तरक्रिया कार्यक्रम गरेर खेल गतिविधिको बारेमा मञ्चले जानकारी लिए प्रतिभा छनोट गर्न सहज हुने बताए ।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उनले जोड दिए ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताए । प्रतिभा छनोट गर्दा फ्रेन्डसिप गेम हो की अफिसियल गेम हो जानकारी लिनुपर्ने सुझाब दिए ।

साइकलीङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेलसंघका व्यक्ति राख्न सुझाए । मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उनको भनाई थियो । नेपाल स्ट्रोङगेष्ट क्योकुसिन कराते संघका अध्यक्ष कृष्ण बहादुर नेपालीले डाटा संकलन समयमानै हुनुपर्ने बताए ।

कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताए । राज्यको मात्र मुख ताकेर नहुने भएकोले पत्रकार मञ्चले गरेको कार्यक्रम भव्य बनाउन सबैले साथ दिनुपर्नेमा जोड दिए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको बताए । कार्यक्रम भव्य बनाउन खेल संघले साथ दिनुपर्ने उनको भनाई थियो ।

सहारा क्लब पोखराका सचिव सुनिल रानामगर अवार्ड कार्यक्रममा व्यवसायीहरुलाई पनि जोड्नुपर्ने सुझाए । खेलाडीलाई अगाडि बढ्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।

नेपाल ट्रायथोलन संघ कास्कीका सचिव वासुदेव सुवेदीले अवार्ड कार्यक्रमलाई सहयोग गर्ने बताए । कास्की जिल्ला ह्यान्डबल संघका सदस्य गोपाल थापाले सरकारले गर्नुपर्ने काम मञ्चले गरेकोमा खुशी व्यक्त गरें । कास्की जिल्ला फुटसल संघका सदस्य उमेश पुनले आफ्नो संघको तर्फबाट साथ रहने बताए ।

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, सल्लाहकार विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाए । उनीहरुले अघिल्ला संस्करणबाट सिकेको पाठका कारण कमीकमजोरी हुन नदिन मेहनत गर्ने बताए । खेल क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गर्दै आएको उनीहरुले प्रष्टाए । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उनीहरुको आग्रह थियो । खेल संघ र क्लबलाई निरन्तर साथ दिन उनीहरुले अनुरोध समेत गरें ।

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close