ओलम्पिक डेको अवसरमा पोखरामा ह्याण्डबल

पोखरा स्पोर्टस । ओलम्पिक डे २०२२ को अवसरमा शनिबार पोखरामा मैत्रीपूर्ण ह्याण्डबल प्रतियोगिता सम्पन्न भएको छ ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगिताको नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ, पूर्व राष्ट्रिय अग्रज ह्याण्डबल खेलाडी राम बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा १९ औं एसियाली खेलकुदका लागि गण्डकी प्रदेशबाट छनौट भएका तिन जना महिला ह्याण्डबल खेलाडी तथा स्वयंसेवी प्रशिक्षक विशाल बस्नेतलाई पूर्व राष्ट्रिय अग्रज ह्याण्डबल खेलाडी राम बहादुर गुरुङले प्रशिक्षणका लागि आवश्यक खेल पोशाक प्रदान गरेका थिए । एसियन खेलका लागि आकृती गुरुङ, योगिता गुरुङ र विमला भुजेल ‘प्रतिक्षा’ छनौटमा परेका छन् । उनीहरु पोखरामा रहेर प्रशिक्षण गरिरहेका छन् ।

प्रतियोगितामा महिला तथा पुरुष राष्ट्रिय खेलाडीहरु, विभिन्न विद्यालयका खेलाडीहरु, रेफ्रिहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रम कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टेक बहादुर गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close