
पोखरा, ८ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका पूर्व कर्मचारीहरुलाई आइतबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।
२०७४ साल कात्तिकदेखि हालसम्म अनिवार्य आवकाश पाएका ३९ कर्मचारीलाई सम्मान गर्दै बिदाइ गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव केशबकुमार विष्ट लगायतले उनीहरुलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाइ गरेका थिए ।
ओझा संयोजक
राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कर्मचारी संघ गठन गर्नका लागि ऋषि ओझालाई संयोजक तोकिएको छ । राखेपका पूर्व कर्मचारीहरुको भेलाले ओझालाई संयोजक तोकेको हो ।
