बिजेनले जिते मास्टर्स ट्राईयाथलन उपाधि

पोखरा स्पोर्टस । नेपाल ट्राईयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्राईयाथलनको ब्यक्तिगत तर्फको उपाधि बिजेन श्रेष्ठले जितेका छन् । बिजेनको यो दोश्रो उपाधि हो । उनले यस अघि पनि यो उपाधि जितिसकेका छन् ।

बोडे, मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोश्रो स्थानमा बिशाल के.सी. र तेश्रो स्थानमा अमग्य श्रेष्ठ रहे । ट्राईयाथलन संघसंग आवद्ध ब्यक्तिहरुका विच आयोजना भएको प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि.साईक्लिङ्ग र १ कि.मि. दौड रहेको थियो ।

प्रतियोगिताको रिले तर्फ अभिनाष श्रेष्ठ, अभिषेक शाक्य र ईजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पा¥यो । दोश्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेश्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल बिजेनले जिते मास्टर्स ट्राईयाथलन संघका उपाध्यक्ष धीरज प्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।

सो अवसरमा नेपाल ट्राईयाथलन संघले आफ्नो उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नती गरेकोमा सिंहलाई प्रशंसा पत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो ।

प्रतियोगितामा करिव १०० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close