खेलकुद मन्त्री गहतराज सहितको बक्सिङ टोली स्वदेश फर्कियो

पोखरा स्पोर्टस । यूवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजसहित नेपाली बक्सिङ्ग भ्रमण टोली स्वदेश फर्किएको छ ।

बक्सिङ्ग फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्री आलेग भासिलिको निमन्त्रणामा रसिया गएको ८ सदस्यिय टोली शुक्रबार स्वदेश फर्किएको हो । रसियामा नेपाली टोलीले महत्वपुर्ण भेटघाट एवम् सहयोग आदान प्रदानका सहमति गर्दै स्वदेश फर्किएको जनाएको छ ।

स्वदेश फर्किए संगै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गहतराजले भ्रमणको उपलव्धिका विषयमा जानकारी गराएका छन् । कार्यक्रममा रसियाको खेलकुद मन्त्रालयले सन् २०२२— २३ को आफ्नो कार्य योजनामा नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने विभिन्न विषयहरुलाई समावेश गरिएको उनको भनाई थियो ।

यस्ताछन् कार्ययोजना
खेलकुद विकासका क्षेत्रमा थालिएका प्रयासहरुको अनुभव आदान प्रदान गर्दै यस्ता प्रयासहरुलई थप मजबुद बनाउदै लैजाने ।

नेपाली खेलाडीहरुलार्य रुषमा तालिम दिने

नेपाली बक्सिङ्क खेलाडीहरुलाई रसियामा हुने प्रतियोगितामा सहभागी गराउने ।

दुवै देशका खेलाडीहरुलाई हिमाली क्षेत्रमा म्याराथन प्रतियोगितामा सहभागि गराउने

बक्सिंग खेलका प्रशिक्षकहरुको अनुभव आदान प्रदान गर्ने ।

मार्शल आर्टस् खेल प्रशिक्षहरुको अनुभव आदान प्रदान गर्ने ।

हिमाली, पहाडी खेलका प्रशिक्षकहरुको अनुभव आदान प्रदान गर्ने ।

दुवै देशका खेल विश्व विद्यालयहरुको सहयोग सम्बन्ध विस्तार गर्ने । यस कार्यक्रम अन्तर्गत नेपाली खेलाडी विद्यार्थीहरुलाई रसियामा खेलकुद विज्ञान अध्ययनको अवसर उपलब्ध गराउने ।

नेपालमा हाई अल्टिच्युड तालिम सेन्टर स्थापना गर्न थप छलफल अगाडि बढाउने ।

रसियन युनियन अफ मार्शल आर्टसका पदाधिकारीहरुसंग भेटघाट गरी दुवै देशका मार्शल आर्टस खेलमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो ।

विश्व बक्सिङ्क महासंघका अध्यक्ष उमार क्रेमलेभसंग छलफल भएको नेपालमा हाई अल्टिट्र्युड ट्रेनिङ्क सेन्टर निर्माण गर्ने र बक्सिङ्कको एकेडेमि स्थापना गर्ने कार्यमा क्रेमलेभ सकारात्मक भएको नेपाली प्रतिनिधि मण्डलले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराजको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीका निजी सचिव रोसन लाल सुनार र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर के.सी. संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले भ्रमण टोलीमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close