एनओसीका अध्यक्ष श्रेष्ठको कोरोना परीक्षण नेगेटिभ

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा प्रतिनिधी सभा सांसद जिवनराम श्रेष्ठको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा तिन दिन अघि गरिएको अध्यक्ष श्रेष्ठको कोरोना परीक्षण नेगेटिभ आएको हो । सो वारे जानकारी दिंदै अध्यक्ष श्रेष्ठले भने–“हाम्रो कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरेका थियौं, आज मेरो मात्रै रिर्पोट आएको छ ।” आफ्नो नतिजा नेगेटिभ आएपनि सवैलाई सर्तक रहन र राज्यले निर्देश गरेका नियमहरु पालना गर्न उनले आग्रह गरेका छन ।

ललितपुर सातदोवाटो स्थित एनओसीको कार्यालयमा कार्यरत २ जना कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि एनओसीका पदाधिकारी, कार्यकारी समितीका सदस्य र कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएको थियो । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ सहित उपाध्यक्ष र अन्य कर्मचारीहरुको नतिजा आउन वाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यसै विच एनओसीको कार्यालय अनिस्चितकालका लागि वन्द गरिएको छ । एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले एनओसी कार्यालय कोरोनाको प्रभाव नरोकिए सम्म वन्द रहने बताएका छन । तर यस अवधिमा कार्यालयको सम्पुर्ण काम भने पदाधिकारी र कर्मचारीहरुले यथावत रुपमा आ–आफ्नो घरबाटै सञ्चालन गर्ने उनले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close