पोखरा वक्सिङ च्याम्पियनसिप असार २८ गते हुने

पोखरा स्पोर्टस । कास्की जिल्ला बक्सिङ संघको सहयोगमा बक्सिङका राष्ट्रिय खेलाडीद्वय सविन गुरुङ र प्रदिप गुरुङले पोखरामा बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

पोखरा रंगशालामा यहि शनिबार २८ गते हुने प्रतियोगितामा सिनियरतर्फका ११ र जुनिएर एक गरी कुल १२ वाउटमा खुला प्रतिष्पर्धा हुने भएको हो । ‘सविन एण्ड प्रदिप प्रेजेन्ट्स पोखरा वक्सिङ च्याम्पियिनसिप २०२२’ नाम दिइएको उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय ओलम्पिक दिवशको अवसरमा आयोजना गर्न लागिएको संघका अध्यक्ष सुमन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउन देशभरिका उत्कृष्ट बक्सरहरु पोखरा आएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतियोगितामा पहिलो र दोश्रो हुने खेलाडीले क्रमशः नगद १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मध्येका एक सविन गुरुङले जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख खर्च हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close