
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले एथलेटिक्स खेलाडी उत्पादनका लागि ‘ट्यालेन्ट हन्ट’ (प्रतिभाको खोजी) कार्यक्रम गर्ने भएको छ ।
परिषदले १८ वर्ष मुनीका पुरुष यूवा खेलाडी संगै सिनियर खेलाडीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । उक्त कार्यक्रम अन्तर्गत मध्यम तथा छोटो दुरिको एथलेटिक्स खेलाडीहरुको छनौट गरी १० दिने बन्द प्रशिक्षण शिविर सञ्चालन गरिने उक्त कार्यक्रमका संयोजक एवम परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।
यहि २८ गते विहान पोखरा रंगशालामा सञ्चालन हुने ट्यालेन्ट हन्ट मार्फत ४० जना खेलाडीहरु छनौट गरिने भएको संयोजक क्षेत्रीले जानकारी दिए । प्रदेशले पहिलो पटक ट्यालेन्ट हन्ट आयोजना गर्न लागेको बताउँदै छनौट भएका खेलाडीहरुलाई एथलेटिक्सको विशेषज्ञ सहितको प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम समेत रहेको उनले जनाए । छनौट भएका खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्न शुसिलनर सिंह राणा आउने छन् ।
यस्तो छ सूचना

