गण्डकी प्रदेशको खेलकुद निति : ‘खेल्छ गण्डकी’ नारालाई आत्मसात्, गाउँ–गाउँमा खेलकुद !

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले खेलकुद विकासलाई अघि बढाउन ‘खेल्छ गण्डकी’ नारालाई आत्मसात् गर्दै गाउँ–गाउँमा खेलकुद कार्यक्रमलाई जोड दिइएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको निति तथा कार्यक्रममा उक्त कुरालाई जोड दिइएको हो । प्रस्तुत निति तथा कार्यक्रममा भनिएको छ–“खेल्छ गण्डकी नारालाई आत्मसात् गर्दै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिनेछ ।” स्मरणिय के छ भने प्रदेश खेलकुद परिषद गण्डकीले हालै मात्र खेल्छ गण्डकी भन्ने नारालाई अघि बढाउँदै उक्त कार्यक्रम मार्फत सबैका लागि खेलकुद आवश्यक छ भन्ने कुरामा समेत जोड दिएको थियो ।

प्रस्तुत निति तथा कार्यक्रममा खेलबाट सामाजिक रूपान्तरण भन्ने मान्यता बमोजिम गाउँगाउँसम्म खेलकुदको विस्तारका लागि प्रदेश सरकारले आफ्नो धारणा स्पष्ट समेत गरेको छ । त्यसै गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न युवा तथा खेलाडीलाई स्वस्थ, अनुशासित, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै विभिन्न परम्परागत, साहसिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुलाई समेत विशेष जोड दिइएको छ ।

खेलाडी तथा प्रशिक्षक तयार गरी खेलकुद प्रतियोगिता सञ्चालन, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई खेलकुद पुरस्कार प्रदान गर्नुका साथै प्रदेशको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन सहयोग उपलब्ध गराइने प्रदेश सरकारको निति तथा कार्यक्रममा जनाईएको छ ।

यसै गरी एक स्थानीय तह–एक खेलमैदान कार्यक्रमलाई निरन्तरता दिइएको छ भने प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेल मैदान तथा रंगशालाको आवश्यकता अनुसार सार्वजनिक–निजी साझेदारी मोडलमा निर्माण तथा स्तरोन्नति गरिने संगै उच्च उचाई खेल तालिम केन्द्र स्थापनामा जोड दिइएको छ ।

प्रदेशमा स्पोर्टस् एकेडेमी स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

राति पनि खेल्न मिल्ने पोखरा रंगशाला
प्रस्तुत निति तथा कार्यक्रममा पोखरा रंगशालाको पूर्वाधारमा सुधार गरी रातको समयमा समेत अन्तर्राष्ट्रियस्तरका खेलहरू सञ्चालन गर्न सकिने गरी अघि बढाइने उल्लेख गरिएको छ । साथै, रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याउन पहल गर्ने समेत प्रस्तुत निति तथा कार्यक्रममा जनाइएको छ ।

नवौं राष्ट्रिय खेल सम्पन्न गर्न नेपाल सरकारसँगको समन्वयमा आवश्यक कार्य गर्ने संगै कास्कीको भेडाबारीमा एन्फा टेक्निकल सेन्टर निर्माणको कामलाई नेपाल सरकारसँगको सहकार्यमा अगाडि बढाइने निति तथा कार्यक्रममा उल्लेख छ ।

गण्डकी प्रदेश आब २०७९।८० को नीति तथा कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close