पारा जुडो संघले मनायो विश्व वातावरण दिवस

पोखरा स्पोर्टस । नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघले विविध कार्यक्रम गरी विश्व वातावरण दिवस सोमबार मनाएको छ ।

सो अवसरमा संघका पदाधिकारी, पारा जुडो खेलाडी, सगरमाथाको सफल आरोहण गरिसकेकी चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडाकी डा . सब्रिना (अस्ट्रिया) लगायतले बहिरा विद्यालय, नक्सालको बानेश्वरमा रहेको होस्टेल हाताको सरसफाइ गर्नुका साथै वृक्षा रोपण गरेको नेपाल जुडो संघका महासचिव समेत रहेका पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

होस्टेलको हातामा जुडो हल पनि रहेको छ । सब्रिनाले खेलाडीलाई विश्व वातावरण दिवसका बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close