
पोखरा स्पोर्ट्स । वेस्ट इन्डिजले जारी दोस्रो टेस्टमा भारतलाई १२१ रनको लक्ष्य दिएको छ ।
टेस्टको चौथो दिन वेस्ट इन्डिजले दोस्रो इनिंगमा ३९० रन बनाएर अलआउट भएसँगै भारतले १२१ रनको लक्ष्य पाएको छ । वेस्ट इण्डिजका लागि जोन क्याम्पबेलले ११५ र शाइ होपले १०३ को शतकीय पारी खेलेका थिए ।
त्यस्तै भारतीय बलर जसप्रित बुमराह र कुलदीप यादवले ३-३ विकेट लिएका थिए भने मोहमद सिराजले २ विकेट लिएका थिए ।
त्यस्तै वेस्ट इन्डिजले पहिलो इनिंगमा २४८ रन बनाएपछि भारतले फलोअन दिएको थियो । त्यसैगरी भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएर इनिंग घोषणा गरेको थियो ।
२ खेलको सिरिजमा भारत १-० ले अगाडी रहेको छ ।
