
पोखरा स्पोर्टस । नेपालका नं १ वरियता खेलाडी प्रदीप खड्काले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा ऋतिक राना संग भेट पक्का गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेका हुन् । उनले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरेका छन् ।
महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ । अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन् । सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन् ।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जिते । फाइनलमा कमलले जितेन्द्र परियारलाई ६–२,०–६ र १०–७ ले पराजित गरे । पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारे । फाइनलमा महेशले विमल कुमार गुरुङलाई ६–४ र ६–१ ले पराजित गरे ।
