राष्ट्रिय एथलेटिक्स प्रतियोगिता असारको १० गते बाट

पोखरा स्पोर्टस । राष्ट्रिय एथलेटिक्स प्रतियोगिता असारको १० गतेबाट हुने भएको छ ।

नेपाल एथलेटिक्स संघको आयोजनामा हुने प्रतियोगिता असार १२ गते सम्म काठमाण्डौको दशरथ रंगशालामा सञ्चालन हुने भएको हो । प्रतियोगितामा महिला र पुरुष गरी विभिन्न ३० वटा इभेन्टमा सात प्रदेश र तिन विभागिय टोली गरी १० टिमको सहभागिता हुने संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङले जनाएका छन् ।

प्रतियोगितामा हरेक टिममा महिला र पुरुष गरी १३ जना खेलाडी, एक जना प्रशिक्षक गरी १४ जनाको सहभागिता हुने जनाइएको छ । तिन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा संघले सवै प्रदेशका खेलाडहिरुलाई बसोवासको व्यवस्था मिलाउने भएको छ ।

प्रतियोगिता अन्तर्गत १०० मि., २०० मि, ४००, ८०० मि, १५०० मि, ३००० मिटर दौड, हाइजम्प, लङ्ग जम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो, शटपुट, डिस्कस, ४ सय मिटर रिले, १०० र ११० मिटर हर्डलसका पुरुष तथा महिलाका इभेन्टहरु हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close