पोखरा महानगर प्रमुख जिशीले भने–‘१३ औं साग भब्य सफलताका लागि सहयोग गर्छौ’

पोखरा,
पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने खेलहरु आयोजनाका लागि पोखरा महानगर सहयोग गर्न तयार रहेको बताएका छन ।

पोखरा रंगशालामा निर्माणाधिन पूर्वाधारहरुको विहिबार निरिक्षण गर्दै महानगर प्रमुख जिशीले १३ औं सागको भब्य सफलताका लागि ठोस प्रस्ताव ल्याउन आग्रह समेत गरेका छन । सो अबसरमा उनले भने–‘ठोस प्रस्ताव ल्याउनुहोस हामी सहयोग गर्न तयार छौं ।’

पोखरा महानगर पालिका प्रमुख जिशीले निर्माणाधिन फुटबल स्टेडियमको कार्य प्रगती प्रती खुसी ब्यक्त गर्दै बहुउद्धेश्यिय कभर्ड हलमा बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय महिला ह्याण्डबल खेलाडीहरु संग समेत भेट गरि उनीहरुका समस्याका बारेमा जानकारी लिएका थिए । उनले केही समस्या भए लिखित रुपमा महानगरमा पत्र लेख्न आग्रह समेत गरे ।

प्रमुख जिशीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका कार्यालय प्रमुख लक्ष्मण योगी, कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल, प्राविधीकहरु लगाएतले रंगशालाको भौतिक पूर्वाधार बिकास बारे जानकारी दिएका थिए ।

पोखरा महानगर पालिका प्रमुख जिशीे आफूलाई खेलप्रेमी प्रमुखका रुपमा उभ्याउन सफल मात्रै छैनन उनले पोखरा महानगरका हरेक वार्डमा एक खेलमैदानको बिकास गर्ने लक्ष्यका बजेट समेत ल्याएर कार्यान्वयन तर्फ उन्मुख गराएका छन । १३ औं साग पूर्व पोखरा महानगरका हरेक चोकमा ट्राफिक लाइट, हरियाली निर्माण र सडक मर्मत जस्ता महत्वपूर्ण कार्यलाई समेत अघि सारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close