संघिय सरकारको खेलकुद बजेट : २ अर्व ४६ करोड

पोखरा स्पोर्टस । संघिय सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि खेलकुदका लागि २ अर्व ४६ करोड बजेट विनियोजन गरेको छ ।

नेपाल सरकारका अर्थ मन्त्री जर्नादन शर्माले आइतबार संसदमा पेश गरेको बजेटमा चालु आर्थिक वर्षको भन्दा १० करोड बढाएर बजेट पेश गरेका हुन् । यस अघि सरकारले चालु आर्थिक वर्षमा २ अर्व ३६ करोड विनियोजन गरेको थियो ।

मन्त्री शर्माले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी संगै दशौं राष्ट्रिय प्रतियोगिताको पूर्व तयारी अनुरुप पूर्वाद्धार विकास गर्न खेलकुदमा बजेट विनियोजन गरेको जनाएका छन् । तर यता राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करिव ६० करोड खर्च हुने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

विनियोजित बजेट मध्ये राष्ट्रिय खेलकुद परिषदलाई २ अर्व ९ करोड, खेलकुद पर्यटनका विकासका खेल संघलाई दिदै आएको सुविधामा वृद्धी र खेलकुद पूर्वाद्धार विकासका लागि ८७ करोड विनियोजन गरेको मन्त्री शर्माले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close