
पोखरा स्पोर्टस । गैर आवाशिय नेपाली संघ (एन.आर.एन.ए) स्पोर्टस एकेडेमीले ‘प्रथम एन.आर.एन.ए कराते राष्ट्रिय च्याम्पियनसिप २०२२’ आयोजना गर्ने भएको छ ।
खेलकूदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने संगै उदियमान कराते खेलाडी उत्पादन गरी प्रतियोगिताको माध्यमबाट आफनो क्षमता प्रर्दशनमा हौसला प्रदान गर्न यहि भाद्र २४ र २५ गते ललितपुरमा उक्त प्रतियोगिता हुन लागेको हो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय कराते हलमा संचालन हुने प्रतियोगितामा पुरुष तर्फ ५० के.जि., ५५ के.जि, ६० के.जि, ६७ के.जि., ८४ के.जि. र ८४ के.जि. भन्दा माथी तौल समुह, महिला तर्फ ४५ के.जि., ५० के.जि, ५५ के.जि, ६१ के.जि., ६८ के.जि.र ६८ के.जि. भन्दा माथी तौल समुहलगायत महिला तथा पुरुष एकल कांता, टिम कांता र टिम कुमुतेमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेगा बैंकको सहयोगमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सात प्रदेश, बिभागिय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल ए पि.एफ क्लव सहित ११ टिमका करीव ३ सय १० खेलाडीहरुले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीलाई रु.१५ हजार, द्वितियलाई रु.१० हजार र तृतिय हुने २ जना खेलाडीलाई जनही रु.५–५ हजार नगद पुरस्कारको साथमा पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने भएको छ ।
उक्त प्रतियोगिता व्यवस्थित रुपले सञ्चालन गर्न बिभिन्न कमिटीहरु गठन गरिएको छ । जसको मुल आयोजक कमिटीमा हिमाल गुरुङ, रोशन थापा र राज रेग्मी रहेका छन् भने सचिवालयमा धर्मराज गिरी, व्यवस्थापनमा जीवन सेन, प्राबिधिक र प्रचार प्रसारमा स्वयम्भुराज डंगोल, प्रतियोगिता संयोजकमा रबी शाही, समारोह तथा खेल व्यवस्थापनमा राजन खत्री, सुरक्षामा प्रबिणकाजी श्रेष्ठ, खाना तथा बसोवासमा सुर्य गिरी, स्वास्थ्यमा राजेश श्रेष्ठ र आर्थिक संयोजकमा राजु सिंह रहेका छन् । उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ४१ लाख खर्च हुने आयोजकको भनाई छ ।
