साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

पोखरा स्पोर्ट्स । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशसँग हार बेहोरेको छ ।  बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

यो नेपालको चौथो खेलमा तेस्रो हार हो । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो ।

त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने चौथो खेलमा नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्यो ।

अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close