पोखरामा सम्पन्न ५ किमि दौड प्रवेश र एन्जलले जिते

पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न कास्की जिल्ला विद्यालय स्तरिय ५ किमि छात्र/छात्रा शुभकामना दौडमा छात्रतर्फ सैनिक आवाशिय माविका प्रवेश आचार्य र छात्रातर्फ त्रिवेणी पव्लिककी एन्जला अधिकारीले जितेका छन् ।

सम्पन्न दौडमा प्रवेशले ५ किमि दौडको दुरी १७.४६ मिनेटमा र छात्रातर्फ एन्जलाले २२.५५ सेकेण्डमा उक्त दुरी पार गरेका हुन् । दौड जिते संगै उनीहरुले जनही नगद रु १०/१० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

छात्रतर्फ दौडमा सैनिक आवाशिय माविले बाजी मारेको छ । छात्रतर्फ पहिलो, दोश्रो र तेश्रो स्थान सोही विद्यालयका छात्रहरुले प्राप्त गरे । प्रतियोगितामा आकृष थापाले १८.०९ मिनेटमा दुरी पार गर्दै दोश्रो र १८.२२ मिनेटमा दुरी पार गर्दै लाल बहादुर बस्नेत तेश्रो भए ।

त्यसै गरी छात्रातर्फ इन्द्रराज्य माविकी आइतीमायाँ घलेले २३.०९ मिनेटमा पार गर्दै दोश्रो स्थान प्राप्त गर्दा अमर सिंह माविकी सौरभी मल्ल २५.३७ मिनेटमा दुरी पार गर्दै तेश्रो स्थान हुन सफल भइन ।

विजेता दोश्रो हुने छात्र/छात्राले जनही नगद रु ७/७ हजार र तेश्रो हुनेले जनही नगद रु ५/५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा छात्रतर्फ ५० जना र छात्रातर्फ ३० जनालाई उनीहरुदौड क्रमसंख्याका आधारमा मेडल वितरण गरिएको थियो ।

दौडमा विजेताहरुलाई पोखरा वडा नं १६ का अध्यक्ष अमृत तिमिल्सिना, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, पोखरा महानगर खेलकुद समितिका सदस्य सचिव सुभाष खड्का, बगर भाई खलकका अध्यक्ष एवम प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलगायतले नगद मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि उक्त दौड पोखरा वडा नं १ का अध्यक्ष सहारा प्रधानले ऐतिहासिक टुँडीखेलबाट शुभारम्भ गरेका थिए । उक्त दौड वगर ट्याक्सी चोक, केआइसिं पुल, लामाचौर हुँदै पोखरा १६ स्थित बाटुलेचौरको सांस्कृतिक खेल मैदानमा पुगेर सम्पन्न भएको थियो । उक्त दौड बगर भाई खलक र दिप युनाइटेड क्लवले संयुक्त रुपमा आयोजना गरेको दौडका संयोजक जुम प्रसाद गुरुङले बताए । दौडमा कास्कीका विभिन्न सरकारी र निजी विद्यलायका लागि ९ सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close