एन्फा निर्वाचन :अध्यक्षमा तिन जना सहित ५४ जनाको उम्मेदवारी

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी असार ६ गते हुने निर्वाचनका लागि विभिन्न २१ पदका लागि तिन जना अध्यक्ष सहित ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार मनोनयन गर्ने म्याद बिहीबार सकिए लगतै ५४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिला सदस्यसहित १५ सदस्य निर्वाचित हुनेछन् ।

को कसले दिए उम्मेदवारी ?

अध्यक्षमा : कर्माछिरिङ शेर्पा, पंकजविक्रम नेम्वाङ, राजीवराज पौडेल ।

वरिष्ठ उपाध्यक्षमा : शिक्षित पराजुली र वीरबहादुर खड्का ।

उपाध्यक्षमा : उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, दीर्घबहादुर केसी, विज्ञानराज शर्मा, दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र सुन्दरनरसिंह जोशी ।

सदस्य (पुरुष) : भरतबहादुर बुढा थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रवीन्द्र चन्द, मानदेव हजारा, तपेश्वरकुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराजा गुरुङ, प्रदेश सिंह राठौर, लोकेन्द्र गुरुङ, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेशकुमार श्रेष्ठ, शम्भुकुमार सिंह ठकुरी, कुमार कटुवाल, प्रवीणकुमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यञ्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रविणकुमार यादव, कुमार सुवाल, निरोज खड्गी, सुरेन्द्र सिखराकार, मनिष जोशी, मुखिया लामा, सुन्दर थापा क्षेत्री, बालकृष्ण सावा रहेका छन्

सदस्य (महिला) : विन्द्रा देवान, सरला श्रेष्ठ मलेकु, विमला पौडेल, पेमा डोल्मा लामा र बिना श्रेष्ठ रहेका छन् ।

एन्फाको २१औं साधारण सभा तथा केन्द्रीय निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ सदस्य (दुई महिला सदस्य) गरी २१ जना निर्वाचित हुने प्रावधान रहेको छ ।

कुल ८७ मताधिकार रहेको एन्फामा ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लब, एन्फा अन्तर्गत रहेका खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउने प्रावधान रहेको छ ।

निर्वाचनमा कुनै समय एकै ठाउँमा रहेका कर्मा छिरिङ शेर्पा र पंकज नेम्वाङले आ–आफ्ना प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । तर अध्यक्षमा उम्मेदवारी दिएका राजीवराज पौडेलले भने एकल रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close