प्रदेश सरकारको खेलकुदमा प्राथमिकता–‘खेल्छ गण्डकी सबैका लागि’

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट २०७९/०८० का लागि ‘खेल्छ गण्डकी सबैका लागि’ कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आगामी आर्थिक वर्षको विनियोजन विधेयक विहिबार सदनमा समावेश हुने बजेटका सिद्धान्त र प्राथमिकतामा ‘खेल्छ गण्डकी सबैका लागि’ कार्यक्रमलाई अघि सारेका हुन् । प्रस्तुत विनियोजन विधेयकमा ‘खेल्छ गण्डकी सबैका लागि’ अभियानका साथ गण्डकी प्रदेशबाट खेलकुदका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने र उत्कृष्ट नतिजा हासिल गर्न सक्ने गरी खेलाडीको विकास गरिने जनाइएको छ ।

त्यसै गरी साहसिक खेलको प्रवर्द्धन एवम् प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटनको प्रवर्द्धन गरिने तथा प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी नेपाल सरकारसँगको साझेदारीमा पोखरा रङ्गशालाको स्तरोन्नति गरिने जनाइएको छ । सरकारले एक स्थानीय तह एक खेल मैदानलाई निरन्तरता दिइने प्रस्तुत विनियोजन विधेयकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close