मेघराज यू–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा

पोखरा स्पोर्टस ।  मेघराज केसी यू–२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

एन्फा प्राविधिक समितिको सिफारिसमा उनी मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । सातदोबाटो युथ क्लब, थ्री स्टार क्लबका पूर्व मुख्य प्रशिक्षक केसी नेपाली फुटबलमा घरपरिवारको चर्चित नाम हो।

टोलीले भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउने छ । नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।

सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टोली पनि परेको छ ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ ।

यू–२० टोलीको छनोट जुन ४ देखि ७ गतेसम्म एन्फा कम्प्लेक्समा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close