स्पोर्टस फर अल कमिसन गण्डकीले पायो पूर्णता

उपाध्यक्षमा पराजुली, सचिवमा शेरचन

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको ‘स्पोर्टस फर अल कमिसन गण्डकी प्रदेश’ले पूर्णता पाएको छ ।

उक्त कमिटिका गण्डकी प्रदेश अध्यक्ष  खड्ग बहादुर रानाभाटले कमिसनलाई गण्डकीमा चलायमान बनाउने संगै ओलम्पिक अभियानलाई जन–जनमा पुर्‍याउन पूर्णता दिएको बताएका छन् । अग्रज खेलाडीहरु संगै केही युवा खेलाडीहरुलाई समेत समेटेर कमिसनलाई पूर्णता दिइएको उनको भनाई छ ।

कमिसनले पूर्णता पाए संगै उपाध्यक्षमा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरि प्रसाद पराजुलीलाई उपाध्यक्षमा चयन गरिएको छ । उनी नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन् । यसै गरी सचिवमा योगेन्द्र शेरचन भएका छन् । आर्चरीका खेलाडी शेरचन १३ औं सागका पदक विजेता खेलाडी समेत हुन् । कमिसनको कोषाध्यक्षमा तनहुँका ऋषी भुसाल र सदस्यहरुमा विकास क्षेत्री नवलपुर, खड्ग बहादुर गुरुङ लमजुङ, अग्रज खेलाडी योगेन्द्र बहादुर बस्नेत र  एलवी ज्वारचन स्याङजा रहेका छन् ।

नेपाल ओलम्पिक कमिटि अन्तर्गत रहेको उक्त कमिसन चलायमान संस्थाको रुपमा रहेको छ । ओलम्पिक ‘डे’ जुन २३ लाई भव्य बनाउन कमिसनले यहि जुन १ बाट नै देशव्यापी रुपमा विभिन्न खेलकुद कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close