
पोखरा स्पोर्टस । नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार,शाखा डोजो नक्सालको २३ औंबार्षिकोत्सवको अवसरमा आठौं सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही जेठ १३ गते देखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा पुरुष तर्फकोजुनियर तथा क्याडेट ईभेन्टसमा –२५,–३०,३३,३५,४०,४५ र पुरुष कै सिनियर तर्फ –५०,–५५,–६०,६७ –७५,–८४,ं८४ किलोका साथै एकलकाता र महिला तर्फ जुनियर तथा क्याडेट –२५,–३०,–३३,–३५,–४०,–४५ किलो र महिला कै सिनियर तर्फ –५०,–५५,–६१,६७,ं६८ किलोतौल समुह गरी कुल २६ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपा‘गी ’ईश्वर’ ले जानकारी गराएका छन् ।
दर्जनौं राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु लगायत हजारौं खेलाडीहरु उत्पादन गर्न बिगत लामो समय देखि कोरोना भाईरसका कारण खुलेर प्रतियोगितामा आयोजना एवम सहभागी हुन नसकेका समग्रकरातेकर्मीहरुलाई यस प्रतियोगिताले पुनर्ताजगी बनाउने आशा एवम अपेक्षा राखेको कार्यक्रम संयोजक खपाङगीले बताए । नेपालसितोरियो कराते संघ,शाखा डोजो नक्सालले यस अघि आफ्नो २२ बर्षे यात्रा पुरा गर्दै २२ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालद्धारा आयोजित यो समग्रमा २३ औं कार्यक्रम हो ।
प्रतियोगिताले क्षमता,योग्यता,अनुभव र दक्ष भएर पनि आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय स्तरको अनुभव संगाल्न नपाएका खेलाडीहरुका निम्ति गतिलो प्लेटफर्म हुने कार्यक्रम संयोजक खपाङ्गीको भनाई छ । तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुदपरिषदको कभर्डहलमा संचालन हुनेछन् ।
