टिशा र प्रारम्भले जिते यु १६ अक्वाथलन उपाधी

पोखरा स्पोर्टस । टिशा महर्जन र प्रारम्भ भण्डारी दोश्रो जुनियर अक्वाथलनको यु १६ तर्फ बिजयी भएका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा लिटिल डलफिन स्वीम स्कुलको सहआयोजनामा भएको प्रतियोगिताको २.४ कि.मि. दौड, ४०० मिटर पौडी र  १.४  कि.मि. दौडको दुरी महिला तर्फ २४ मिनट ५६ सेकेन्डका साथ टिशाले र पुरुष तर्फ २३ मिनट ५४ सेकेन्डका साथ प्रारम्भले पहिलो स्थान हात पारेका हुन् । महिला तर्फ आजमी श्रेष्ठले २६ मिनट ३९ सेकेन्डका साथ दोश्रो र रोशा न्यौपानेले ३१ मिनट २६ सेकेन्डका साथ तेश्रो स्थान हात पारे । यस्तै पुरुष तर्फ तेन्जिङ्ग रायन गुरुङ्गले २४ मिनट ११ सेकेन्डका साथ दोश्रो र २५ मिनट ३८ सेकेन्डका साथ जेडेन श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे ।

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । महिला तर्फ स्वस्तिका भण्डारीले चौथो स्थान प्राप्त गर्दै १ हजार नगद सान्त्वना पुरस्कार प्राप्त गरिन् । पुरुष तर्फ सनिल थापा मगर र अजल काजी ताम्राकारले चौथो र पाँचौ स्थानका साथ नगद १ हजार सान्त्वना प्राप्त गरे ।

सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा भएको प्रतियोगिताको यु १३ महिला तर्फ आर्या महर्जन पहिलो भईन् । उनले ३२ मिनट ३९ सेकेन्डका साथ उक्त दुरी पुरा गरेकी हुन् । दोश्रो स्थानमा आज्मी शेरचन ३३ मिनट ५३ सेकेन्डमा र तेश्रो स्थानमा आकंक्षा श्रेष्ठ ३६ मिनट ५६ सेकेन्डमा दुरी पुरा गर्न सफल भए । यस्तै पुरुष तर्फ आरोन भण्डारीले २५ मिनट ३८ सेकेन्डका साथ निर्धारित दुरी पुरा गर्दै प्रथम स्थान हात पार्न सफल भए । दोश्रो स्थानमा अथर्व सिंह रहे । उनले २५ मिनट ५८ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा रहेका प्रसर्य श्रेष्ठले ३३ मिनट ३२ सेकेन्डमा दुरी पुरा गरे ।

बिजयी पहिलो स्थान हात पार्ने खेलाडीहरुले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै दोश्रोले ३ हजार र तेश्रोले २ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यु १० तर्फ एक मात्र सानी खेलाडी ज्योत्सना भट्टले प्रतियोगितामा सहभागिता जनाए बापत सान्त्वना बापत नगद १ हजार प्राप्त गरिन् ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा २५ खेलाडीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितालाई किक्स एण्ड क्रल र हुक्काज, काठमाण्डौ फर्टिलिटी सेन्टर, सुमिङ्ग प्यारेन्ट एसोसियशन, ब्लाक बक्स टेक्नोलोजी, एग्रो थाई फुड, के एण्ड के प्रिन्टिङ्ग, रोयल हुक्का, गरिमा विकास बैंक, थानकोट मेडिकल हलले प्रायोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close