जिल्ला खेलकुद विकास समिति माथिको कार्वाही रोक्न अन्तरिम आदेश

पोखरा स्पोर्टस । उच्च अदालत पोखराले जिल्ला खेलकुद विकास समिति माथिको कार्वाही रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेशमा राजनीतिक समीकरण फेरिए संगै युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गत चैत्र ७ गते जिल्ला खेलकुदका पदाधिकारीहरुलाई स्पष्टीकरण सोध्दै वर्खास्त गरेको थियो । मन्त्रालयको निर्णय विरुद्ध जिल्ला खेलकुदका पदाधिकारीहरुले उच्च अदालतमा मुद्धा दर्ता गराए संगै अदालतले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पोखराले दुबै पक्षलाई जेठ १० गते छलफलका लागि बोलाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close