खेलकूद परिषद गण्डकीको कार्यालय पोखरा रंगशालामा सुरु

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यालय पोखरा रंगशालमा सुरु भएको छ ।

गत साउनबाट निर्माण सुरु गरिएको कार्यालय भवन सम्पन्न भए संगै शुक्रबारबाट कार्यालय सुचारु गरिएको छ । गण्डकी प्रदेश सरकारको १ करोडको लागतमा निर्माण भएको भवनबाट सेवा सुरु गरिएको प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिएका छन् ।

निर्माण सम्पन्न भएको दुई तले भवनको केही रंङ्गरोङन लगायतका कामहरु बाँकी रहे पनि पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै कार्यालय सुचारु गरिएको सदस्य सचिव गुरुङले बताए ।

एक जना कार्यालय प्रमुख, एक जना लेखा प्रमुख र एक जना लेखा प्रमुखबाट हालका लागि सेवा सुरु गरिएको भए पनि कार्यालयका लागि विभिन्न पदमा १६ भन्दा वढी कर्मचारी आवश्यक रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close