टेनिसका पूर्व अध्यक्ष लामाको निधन

पोखरा स्पोर्टस । नेपाल टेनिस संघका पूर्व अध्यक्ष हेम लामाको आइतबार निधन भएको छ ।

उनको ९५ वर्षको उमेरमा निधन भएको नेपाल टेनिस संघले जनाएको हो । स्व. लामाको सोमबार स्यवम्भूमा बौद्ध परम्परा अनुसार दाहसंस्कार गरिएको टेनिस संघले जनाएको छ । स्व. लामाका ३ छोरा र १ छोरी छन् ।

स्व.लामा हालै पोखरामा सम्पन्न जुनियर यू १८ आइटिएफ टेनिस प्रतियोगितामा पोखरा आएका थिए । उनलाई कास्की जिल्ला टेनिस संघले सम्मान समेत गरेको थियो । उनी क्याप्टेन विजय लामाका वुवा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close