
पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिवार भेटघाट कार्यक्रम गरेको छ । पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनिहरुसंग समय बिताएका हुन । पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण पश्चात् भेटघाटका साथै सबै टिमले फोटो समेत खिचाए ।फुटबलको विकासमा पहिलो पटक नेपालमा व्यवसायीक लिग हुन लागेको हो । घरेलु सहरका समर्थकले फुटबल मैदानमै पुगेर खेलाडीहरुसंग भेटघाट गर्ने अवसर पाएका थिए । दर्शकको मायाले खेलमा थप हौसला मिल्ने अपेक्षा लिएको छ ।


