कास्की टेनिसद्वारा आयोजित ‘जुनियर टेनिस समर क्याम्प’ सम्पन्न

पोखरा स्पोर्टस । नवोदित खेलाडीहरु उत्पादनका लागि कास्की टेनिस संघ द्वारा आयोजित ‘जुनियर टेनिस समर क्याम्प’ सम्पन्न भएको छ ।

करिव दुई साता लामो ‘जुनियर टेनिस समर क्याम्प’ आइतबार सम्पन्न भएको हो । हरेक वर्ष आयोजना हुने ‘जुनियर टेनिस समर क्याम्प’ अन्तर्गत यस वर्ष १७ जना नयाँ खेलाडीहरुको सहभागिता रहेको संघका सचिव नविन श्रेष्ठले जानकारी दिएका छन् ।

‘जुनियर टेनिस समर क्याम्प’मा सहभागिता जनाएका खेलाडीहरुलाई संघले सहभागिताको प्रमाणपत्र वितरण गरेको छ ।

यसै गरी समापन कार्यक्रममा विभिन्न प्रतियोगितामा सहभागिता जनाएर विजेता तथा उपविजेता बनेका पोखराका टेनिस खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई संघका अध्यक्ष अध्यक्ष लोक बहादुर गुरुङ्ग, उपाध्यक्ष राजु गुरुङ्ग, उपाध्यक्ष नवीन चालिसे, सल्लाहकारहरु बसन्त प्रधान, गोपि बहादुर भट्टराई, समिर शेरचन लगायतले सम्मान गरेका थिए ।

सम्मानित हुनेहरुमा जुनियरतर्फका सुभन केसी, नितेश थापा, अर्याशराज पौडेल, स्पन्नदन उदास, सृजन भट्टराई, दर्शिल श्रेष्ठ, सौगात विक, शास्वत वज्राचार्य रहेका थिए भने जुनियर गर्ल्सतर्फ जिवाश्री भट्टराई, केजिया शाक्य र सिनियर गर्ल्समा गंगा पौडेल, मेन्स सिंगल्स र डवल्समा विजेता प्रदिप खड्का, शक्ती शर्मा, गोविन्द नेपाली, सिनियर  सिंगल्स र डवल्सका विजेता समिरमान शेरचन र अनिल साई र गोपी बहादुर भट्टराई, धरम सिंह लामिछाने, शक्ती शर्मा, गोविन्द नेपाली, बिनोद कायस्थ, विकाश गुरुङ, भिष्मराज पौडेल र राजेश गुरुङलाई समेत सम्मान गरिएको थियो ।

सम्मानित हुने सबैले यहि वर्ष अर्थात २०२२ मा पोखरा, काठमाण्डौ लगायत देशका अन्य स्थानमा सहभागिता जनाएर पदक जितेका थिए   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close