नेपाल ट्राइयाथलन संघको झण्डा लिएर मनिश सगरमाथाको चुचुरोमा

पोखरा स्पोर्टस । नेपाल ट्राइयाथलन संघ र वर्ल्ड ट्राइयाथलन संघको झण्डा लिएर मनिश महर्जन सगरमाथाको चुचुरोमा पुगेका छन् ।

मनिशले यहि मे १२ तारिख (बैशाख २९ गते) बिहान १० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । सेभेन ट्रेक समिट सहितको सगरमाथा आरोहीहरुका साथमा सगरमाथा आरोहण गरेका उनले सगरमाथाको चुचुरोमा पुगे पछि करिव ५ घन्टा विना अक्सिजन विताउन परेको जनाएका छन् ।

फोटोग्राफीमा रुची राख्ने उनलाई पाँच घन्टा पछि आरोहण दलले उद्धार गरेको मनिशले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनको आरोहण पछि नेपाल ट्राइयागलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले खुसी व्यक्त गर्दै बधाई दिएका छन् । उनले भने–“यो निकै खुसीको क्षण हो, उनले सगरमाथा आरोहण मात्र गरेका छैनन, संघको झण्डा सगरमाथाको चुचुरोमा अक्सिजन सकिएको कठिन अवस्थामा समेत झण्डा फहराउन सफल भएका छन् । यसका लागि म संघको तर्फबाट बधाई दिन चाहन्छु ।”

ट्राइयाथलनका टेक्निकल अफिसर समेत रहेका मनिशले सगरमाथा आरोहण अघि नेपाल ट्राइयाथलन संघको झण्डा सगरमाथामा फहराउन चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close