एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट सम्पन्न

पोखरा स्पोर्टस । मित्र राष्ट्र चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एशियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बि.बि.–एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–२०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । महिला भलिबलले गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एसियन गेम्सका लागि महिला भलिबललाई पनि समाविष्ट गर्ने निर्णय भएको छ ।

पहिला चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाङ्गी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेशमा भण्डारी, हिरा के.सी., उषा बिष्ट, मनिष खाँड रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close