
पोखरा स्पोर्टस । चिनको हाङझाओमा हुने १९ औं एसियाली खेलकुद स्थगित भएको छ ।
आगामी सेप्टेम्वर १० देखि २५ सम्म तय भएको एसियाली खेलकुद कोभिड १९ का कारण अनिश्चितकालका लागि स्थगित गरएको हो । नेपाल ओलम्पिक कमिटीले समेत एक विज्ञप्ती जारी गर्दै चिनियाँ ओलम्पिक कमिटी (सीओसी) र हाङझाउ एसियाली खेल आयोजक समिति सँगको विस्तृत छलफलपछि ओसिए कार्यकारी बोर्डले चीनको हाङ्झाओमा आयोजना हुने भनिएको १९ औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
१९ औं एसियाली खेलकुदको नयाँ मिति यथासिघ्र अर्को बैठकमा घोषणा गरिने जनाइएको छ ।
विश्वव्यापी चुनौतिहरूको बाबजुद एसियन गेम्स समयमै आयोजना गर्न निकै राम्रो तयारी भइरहेको बताइए पनि महामारीको अवस्थालाई ध्यान दिएर उक्त निर्णय गरेको ओसिएले जनाएको छ ।
आसन्न एसियाली खेलकुदमा नेपालले केही टिम गेम सहित २३ खेलमा सहभागिता जनाउँने भन्दै प्रारम्भिक छनोट समेत गरिसकेको छ ।
