एन्फा प्रतिनिधी छनोट : गण्डकी बाट कास्की र गोरखा परेनन्

पोखरा स्पोर्टस । नेपाली फुटबलहरुको छाता संस्था (एन्फा)को आसन्न निर्वाचनका लागि भएको प्रतिनिधी छनोटमा कास्की र गोरखा पर्न सकेनन् ।

तनहुँमा भएको प्रतिनिधी छनोटमा कास्की र गोरखा बाहेक ६ जिल्ला छनोटमा पर्न सफल भएका हुन् । एन्फा अन्तर्गत रहेका गण्डकी प्रदेश अन्तर्गतका ८ जिल्ला मध्ये तनहुँ, लमजुङ, नवलपुर, बागलुङ, स्याङजा, मनाङ जिल्ला छनोटमा पर्न सफल भएको एन्फाका केन्द्रिय सदस्य समेत रहेका रत्न कुमार श्रेष्ठले पोखरा स्पोर्टसलाई जनाकारी दिए ।

आसन्न एन्फाको निर्वाचनमा कास्की जिल्ला फुटबल संघ प्रतिनिधी छनोटमा असफल हुनुमा धेरै फुटबल प्रेमीहरुले आश्चर्य व्यक्त गरेका छन् । गण्डकी प्रदेशको राजधानी जिल्ला समेत रहेको कास्की फुटबलका लागि मुटु मानिए पनि प्रतिनिधी छनोट नहुँदा आश्चर्य मानेका हुन् । कास्कीका अध्यक्ष उज्जवल रञ्जितले यस बारे कुरा गर्दै आफू कुनै पक्षमा नरहेको बताएपनि योजनाका साथ बोलाइएको बैठकमा जर्वजस्ती माइन्युट गरिएको बताए । उनले भने–“यो योजनावद्ध नै थियो । हामीलाई बैठक भनेर बोलाइयो । तर माइन्युट पहिल्यै तयार बनाइएको थियो ।” उनले थपे–“उनीहरुले फुटबल विकास चाहेका छैनन् । उनीहरुले कास्की र गोरखालाई ‘व्योकट’ गरे ।”

आफूले कास्की फुटबलको हव हो भनेर बताइरहँदा समेत कुनै बैठकमा कुनै सुनुवाई नभए पनि हामी यस बारे पोजिटिभ नै रहेको अध्यक्ष रञ्जितले बताए । “हामी कास्कीको फुटबल विकास गर्न आएको हो । केही फरक पर्दैन । तर कास्कीलाई प्रतिनिधी समेत नदिनु उहाँहरुको गलत मनसाय रह्यो”, उनले भने । उनले अरु जिल्ला नआओस भन्ने आफ्नो मनसाय नरहेको बताउँदै प्रतिनिधी छनोटमा कास्कीलाई छुटाउनुमा कास्की फुटबलका लागि दुःखद विषय रहेको उनले बताए ।

एन्फाको केन्द्रिय निर्वाचन आगामी असारको पहिलो साता हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close