
पोखरा स्पोर्टस । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. – एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा सोमबार सफलता हात पारेका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगिताको महिला तर्फ आर्मीले एभरेष्ट भलिबल क्लब, रुपन्देहीमाथि २५–१९, २५–७, २५–१८ को जित निकालेको हो । सेनाले आफ्नो खातामा तीन अंक जोड्न सफल भयो । यस्तै पुरुष तर्फ पनि सेनाले जित निकाल्यो । सेनाले गण्डकी प्रदेशलाई २५–१९, २५–८, २५–१८ ले जित निकाल्दै ६ अंकका साथ अग्रस्थानमा रहन सफल भयो । प्रतियोगिताको पहिलो दिन पनि सेनाले अर्को विभागिय टोली एपिएफलाई २५–२३, २५–१८, २५–२२ ले पराजित गर्दै ३ अंक जोडेको थियो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ विभागिय टोली पुलिस क्लबले अर्को विभागिय टोली एपिएफलाई २५–२०, २५–२३, १७–२५ र २५–१६ ले पराजित गर्दै ३ अंक जोड्न सफल भयो ।
पुरुष तर्फ टिपटप हेल्प नेपाल भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–२१, २७–२५, २५–२० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।
