राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी कास्कीले मनायो नयाँ वर्ष

पोखरा स्पोर्टस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाएको छ ।

खेलाडी संघले पोखरा रंगशालामा एक चियापान, छलफल तथा शुभकामना आदान प्रदान गरी खेलाडीहरुका विच नयाँ वर्ष मनाएको हो । कार्यक्रम खेलाडीहरु, प्रशिक्षकहरु, पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु, खेलकुद संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले गरेका थिए । हरेक नयाँ वर्षको दिन आयोजना हुने उक्त कार्यक्रम प्राविधिक कारणले केही ढिलाई भएको अध्यक्ष पौडेलले पोखरा स्पोर्टसलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close