
पोखरा स्पोर्टस । आरबिबी एनभिए भलिबल लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बिहान सम्पन्न पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्टस क्लवललाई ३–१ को सेट अन्तरले जित निकालेको हो । पहिलो खेल २५–१६ ले जितेर अघि बढेको गण्डकीले दोश्रो सेटमा भने २५–२३ ले गुमाउन पुग्यो । पुनः तेश्रो र चौथो सेट लगातार जित्दै गण्डकीले पहिलो खेल आफ्नो पक्षमा पार्न सफल भयो । गण्डकीले तेश्रो सेट २५–१९ र चौथो सेट २६–२४ ले जित्दै पहिलो खेलमा ढोर पाटनलाई पराजित गरेको हो ।
हरि पाण्डेको कप्तानीमा उत्रिएको गण्डकीबाट प्रशिक्षक रमेश केसीले केही नयाँ खेलाडीलाई टिममा भित्राएका छन् । टिममा रााजन दर्लामी मगर (लिबरो), सुजन चोखाल, हिमाल सुनारी, घनश्याम चौधरी, किरण गुरौं, सन्तोष थापा मगर, रवि केसी, मिलन सुनार, निवश आले मगर, प्रेम बहादुर कुमाल र याम क्षेत्री रहेका छन् । टिमको सहायक प्रशिक्षकमा यूवराज भण्डारी र टिम म्यानेजरमा जिवन भण्डारी रहेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा आइतबार बाट काठमाडौमा सुरु हुने उक्त प्रतियोगितामाको तयारी पुरा भए संगै प्रकाशित खेल तालिकामा पहिलो खेल गण्डकी र ढोरपाटनका विच हुने जनाइएको हो । यहि बैशाख २४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रयि खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको संघका सचिब डिवी नेपालीले जनाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ त्रिभुबन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपिइफ क्लब, गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस को सहभागीता रहेको छ भने महिलातर्फ होङ्गवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुबन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहेको छ।
उक्त प्रतियोगितामा महिला तथा पुरुष उपाधि विजेता टिमले जनही नगद ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार प्राप्त गर्नेछन् । विद्यागत सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार तथा उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।
फायल तस्विर
