एसियाली छनौट खेल : जुडोमा एकै परिवारका तीन खेलाडी छनौट, करातेँको जारी

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी एसियाली खेलाडी छनौट अन्तर्गत जुडो खेलमा एकै परिवारका तिन जना खेलाडी छनौटमा परेका छन् ।

जुडोमा १४–१४ पुरुष/महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका हुन् । जसमा एकै परिवारका तिन जना खेलाडी छनौट भएको नेपाल जुडो संघले जनाएको छ । विभिन्न तौल समुहमा छनौट भएका एकै परिवारका खेलाडीमा इन्द्र खडका, देवकी र निशा सहोदार दाइ बहिनी हुन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए । पहिलो र दोश्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको हो ।

पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता नियोग (पाम)का सुबोध मण्डल, ६६ केजीमुनि प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र पामका उत्तम प्रधान श्रेष्ठ, ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल र सुदेश दोङ, ८१ केजीमुनि नेपाल आर्मी जंगबहादुर सारु र कैलालीका योगेन्द्र विष्ट, ९० केजीमुनि प्रहरीका मनीष महतो र आर्मी सुजन गुरुङ, १०० केजीमुनि रमेशबहादुर चन्द र पर्साका हिमान्शु गुप्ता तथा १०० केजीमाथि प्रहरीका राजन जोशी र रन्जेश गोले छनोट भए ।

छनोट प्रतियोगिताको महिला ४८ केजीमुनि आर्मी र पामकी निशा श्रेष्ठ, ५२ केजीमुनि पामकी देवकीमाया श्रेष्ठ र एपीएफकी रत्ना तामाङ, ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान र आर्मीकी विमला आले मगर, ६३ केजीमुनि आर्मीकी लीला अधिकारी र एपीएफकी देवीका खड्का, ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ र प्रहरीकी निशा चौधरी, ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङ र आर्मीकी रचना श्रेष्ठ तथा ७८ केजीमाथि आर्मीकी आकृति जोशी र मकवानपुरका अस्मिता गोले छानिए । जुडो संघले आयोजना गरेको एकदिने छनोटमा ३२ पुरुष र २५ महिला खेलाडी सहभागी थिए ।

करातेँ
पुरुष ५५–६० केजीमा एपीएफका विजय श्रेष्ठ पहिलो, प्रहरीका सोनाम लामा दोश्रो तथा प्रहरीकै साजन मोक्तान र प्रदेश १ का सन्तोष राई तेश्रो बने । ६७–७५ केजीमा प्रहरीका नवीन रसाइली पहिलो, प्रहरीकै गंगाराम कुश्वाहा दोश्रो तथा गण्डकी प्रदेशका प्रतिक घर्ती मगर र प्रदेश १ का ईश्वर राई तेश्रो भए ।

महिला ४६–५० केजीमा प्रहरीकी सविना श्रेष्ठ प्रथम, आर्मीकी कुसुम खड्का द्वितीय तथा मधेश प्रदेशकी पोर्सिया चौधरी र आर्मीकी मिस्लि श्रेष्ठ तेश्रो स्थानमा रहे । ५५–६१ केजीमा प्रहरीकी सोनी राई पहिलो, एपीएफकी एस्टर राई दोश्रो तथा प्रहरीकी अर्मिला डिसी र बाग्मती प्रदेशकी रोजिता ढुंगेल तेश्रो भए । ६८ केजीमुनि र  ६८ केजीमाथिमा आर्मीकी सनी तामाङ, प्रहरीकी सुनिता महर्जन तथा बाग्मतीकी विनिता श्रेष्ठ र एपीएफकी अनुपमा मगर क्रमशः शीर्ष तीन स्थानमा रहे ।

शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । बाँकी ३ स्पर्धाको टुंगो शुक्रबार लागिसकेको छ । एसियाली खेलकुदको १९ औं संस्करण चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close