बगर भाई खलक र दिप युनाइटेडले गर्ने छात्र/छात्रा दौड जेठ १४ मा हुने

पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलक पोखरा र पोखरा १६ स्थित दिप युनाइटेड क्लवले संयुक्तरुपमा यहि वैशाख १८ गते गर्ने भनिएको विद्यालयस्तरिय ५ किमि छात्र/छात्रा दौड प्रतियोगिताको मिति सरेको आयोजकले जनाएका छन् ।

पोखरालाई दौडको शहरको रुपमा स्थापित गर्न आयोजित उक्त प्रतियोगिता अव जेठ १४ गते शनिवार हुने भएको हो । बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङका अनुसार स्थानिय निर्वाचन सङ्गै वैशाख १८ गते विभिन्न विद्यालयहरुमा विदा भएका कारण जेठ १४ गतेलाई प्रतियोगिता सारिएको बताए ।

युवा खेलाडीको उत्पादनमा समेत सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको उक्त प्रतियोगिता प्राविधिक कारणले सरे पनि प्रतियोगिताको तयारी गरिरहेका विद्यार्थीहरुलाई थप तयारीमा जु्ट्न अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

पोखराको ऐतिहासिक टुँडीखेलबाट सुरु हुने दौड बागबजार चोक, बगर ट्याक्सी चोक, केआइसिं पुल, सुन्दर फिड चोक, इन्जिनियरिङ क्याम्पस, लामाचौर चोक, बाटुलेचौर पानी ट्याङ्की हुँदै बाटुलेचौर खेल मैदानमा पुगेर समापन हुने छ ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने छात्र/छात्रा खेलाडीले जनही क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रतियोगिताको मुख्य संयोजकमा जुम प्रसाद गुरुङको संयोजकत्वमा ११ सदस्यिय उपसमिति गठन गरिएको छ । त्यसै गरी दौडको प्राविधिक समितीको सदस्यमा हरि बहादुर बरुवाल र ओम बहादुर गुरुङ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न अनुमानित १ लाख ७० हजार लाग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close